सुनसरीमा युवाको फोनबाट धम्की

सुनसरीमा वडाध्यक्षलाई धम्की दिएर २० लाख माग्ने युवा समातिए


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २८

धरानः सुनसरीको इटहरी–१९ का वडाध्यक्ष नारायण चौधरीलाई धम्की दिई २० लाख रुपैयाँ माग्ने युवा पक्राउपछि सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले अपरिचित ब्यक्तिले फोन गरी गाली गौलज, धम्की दिई नगद २० लाख रुपैयाँ मागेपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । ‘खासमा उनले धम्की दिँदै २० लाख मागेको पाइयो तर नदिएपछि अझै धम्क्याउँदै रहेछन्’, उनले भने, ‘त्यो सूचना पाएपछि फरार रहेका उनलाई पक्राउ गरेका हौं ।’
झापा दमक नगरपालिका वडा नं.१ बस्ने वर्ष २४ को पुण्यबहादुर श्रेष्ठलाई पक्राउ गरिएको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय दमकको सहयोगमा उनलाई आफ्नै गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरिएको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय इटहरीबाट मुलुकी अपराध (संहिता) ऐन–२०७४ बमोजिम ‘अभद्र व्यवहार’ शीर्षकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सात दिनको म्याद लिई कानुनी प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप