प्रदेश १ मा राजेन्द्र राई एकीकृत समाजवादी दलको नेता चयन


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २८

धरान: माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।
सोमबार विराटनगरमा बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता बनाएको हो । एमाले फुटेपछि निर्वाचन आयोगले मान्यता दिएपछि प्रदेश १ मा समाजवादीका नेता राई चयन भएका हुन् ।
प्रदेश १ मा एमालेका १० जना प्रदेश सभा सदस्यले समाजवादी रोजेका थिए । पार्टीलाई प्रदेशसभामा निर्वाचन आयोगले मान्यता दिएपछि राईलाई दलको नेता बनाइएको हो ।
राई दलको नेता चयन भएसँगै एकीकृत समाजवादीले मुख्यमन्त्री भीम आचार्यलाई आफूहरुको समर्थन नरहेको पत्र पठाउने तयारी भएको सांसद राजन राईले बताएका छन् ।
संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार हटेपछि त्यही प्रावधान बमोजिम आचार्य मुख्यमन्त्री बनेका थिए । एमालेको एकल सरकार अब अल्पमतमा परिसकेकाले विपक्षी गठबन्धनले प्रदेश प्रमुखसँग बहमुत दाबी गर्दैछन् ।
प्रदेशसभामा ९२ सदस्य छन् । जसमा सभामुखसहित नेकपा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप