धरानमा ढाका उद्यमी यमुना सम्मानित


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २८

धरानः धरानमा ढाका उद्यमी यमुना तुम्सा सङ्यक चौबिसे समाज धरानद्वारा सम्मानित भएकी छन् ।
नेपाल सरकारको अवकाशप्राप्त उपसचिव तुलसीनारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो । उनलाई संस्थाको २४ औं वार्षिकोत्सव तथा अधिवेशनका अवसरमा सम्मानपत्र र खदाले सम्मान गरिएको थियो । विगत चार वर्षदेखि धरानमा चौबिसे सङ्यक ढाका उद्योग सञ्चालन गर्दै आइरहेकी सङ्यक चौबिसे क्षेत्रका सफल महिला व्यवसायी भएकोले सम्मान गरिएको आयोजकले जनाएको छ ।
उनले सम्मानले आफूलाई हौसला मिलेको बताइन् । ‘उद्यम क्षेत्रमा अझ सक्रियरुपले काम गर्ने हौसला र प्रेरणा मिलेको छ’, उनले भनिन्, ‘आगामी दिनमा चौबिसे समाजलाई चिनाउनका साथै महिला दिदीबहिनीको लागि प्रेरणादायी काम गर्ने प्रतिबद्धता जनाउँछु ।’
कार्यक्रममा उनीसँगै अन्य चौबिस क्षेत्रका उच्च शिक्षा हासिल गरेका व्याक्तित्वहरू समेत सम्मानित भएका थिए । उनको उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब एकसय जना भन्दा धेरै महिला दिदिबहिनीले रोजगार पाइरहेका छन् । उनले आफ्नो उद्योगको हातेतानबाट उत्पादित मौलिक नेपाली ढाका कपडा नेपाल बाहेक विश्वको करिब डेड दर्जन देशहरुमा समेत नेपाली ग्राहकमाझ निर्यात गर्दै आएकी छिन् । व्यावसायसँगै सामाजिक र सांस्कृतिक सेवामा समेत यमुना सक्रिय छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप