ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुईजना समातिए


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २८

धरानः झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय सुमन तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधीसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय सन्तोष ठाकुर रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्कीसहित पक्राउ गरेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप