धरान आउँदै गरेको बससँग मोटरसाइकल ठोक्किँदा यात्रीको मृत्यु


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २८

धनकुटाः धनकुटा साँगुरीगढी गाउँपालिका ६ मालबासेस्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा शहिदभूमी गाउँपालिका ४ का ३६ वर्षीय गणेशमान राई रहेका छन् ।
संखुवासभाबाट धरानतर्फ आउँदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाइकल पछाडि सवार गणेशमानको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा आइतबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका ६ का ३३ वर्षीय रत्नकुमार राई समेत सामान्य घाइते भई प्रतिष्ठानमै उपचार भइरहेको छ । बस र बस चालक सुनसरी धरान–१३ का ५८ वर्षीय कृष्णबहादुर पाख्रिन इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप