धरानको बीपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक नभएको ठहर

पदाधिकारीको कारबाही प्रक्रिया अगाडि बढ्यो, आन्दोलन फिर्ता लिएर काममा फर्किन आग्रह


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २७

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक नभएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाललाई आन्दोलन पक्षले उठान गर्नुभएका मागहरू धेरैहदसम्म सम्बोधन भइसकेको र कति सम्बोधन के क्रममा रहेकाले हाल कोभिड महामारीलगायत सबै कुरालाई मध्यनजर गर्दै बिरामीहरू र विद्यार्थीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने एवम् स्वास्थ्य सेवा अवरुद्ध हुने किसिमका कुनैपनि अन्दोलनका कार्यक्रम फिर्ता लिँदै काममा फर्किन हार्दिक अपिल गर्दछौं ।’
उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकाले प्रचलित कानुन बमोजिमको प्रक्रिया थालिसकिएको पनि जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले उठाएका माग पूरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, अध्ययन प्रतिवेदन तत्कासल सार्वजनिक गर्ने, अख्तियारले छानबिन अगाडि बढाएको लगायतका ८ विषयका विषयमा जानकारी दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएका भ्रष्टाचारको छानबिन गर्न सबै कागजात लिइसकेको र छानविन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘आन्दोलन पक्षले उठान गरेका मागहरू धेरै हदसम्म सम्बोधन भइसकेका र कतिपय सम्बोधन कै रहेको छ। कोभिड–१९ संक्रमण महामारीको अवस्थामा बिरामी र विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पार्ने एवम् स्वास्थ्य सेवा अवरुद्ध हुने खालका आन्दोलनको कार्यक्रम फिर्ता लिँदै काममा फर्किन अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप