संखुवासभा हत्या प्रकरणः रगत लागेको रड भेटियो


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २५

संखुवासभाः मादी-१ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटना अनुसन्धानको क्रममा प्रहरीले रगत लागेको रड फेला परेको छ ।
घटना अनुसन्धान गर्ने क्रममा क्रममा प्रहरीले रगत लागेको रड फेला पारेको हो । जुन रडलाई प्रहरीले हत्यामा प्रयोग भएको ठानेको छ ।  घटनाको अनुसन्धानमा रहेका एक प्रहरी अधिकारीले सो रड मृतकहरूकै घर छेउमा फेला परेको बताए । ‘रडमा रगतको टाटा छ’, ती प्रहरी अधिकारी बताउँछन् । प्रहरीले केही ‘क्लु’ भेटिरहेको भनेपनि पाँचदिन भइसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन र सार्वजनिक पनि गरेको छैन ।
सोमबार बौद्धमान कार्कीका श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, नातिनी बुहारी रञ्जना कार्की, पनाति विपीन कार्की र पनातिनी गोमा कार्कीको हत्या भएको थियो ।
घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानदेखि प्रहरी उपरीक्षक भीमबहादुर दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट प्रहरी नायव उपरीक्षक धु्रव कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभादेखि प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलगायतको टोली छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप