नयाँ अनुसन्धानः पृथ्वीको तापक्रम वृद्धिसँगै जनावर र चराचुरुङ्गीको आकार पनि बढ्न थाल्यो


  • न्यूज कारखाना
  • २०७८ भदौ २५

धरानः नयाँ वातावरण होस वा नयाँ कार्य क्षेत्र जे भए पनि परिवर्तित परिस्थिति स्विकार्नु अस्थित्वको महत्वपुर्ण विशेषता हो । बढ्दो तापका कारण मान्छे मात्र होइन जनाबर र कुनै बेला बोटबिरुवा पनि अवस्थाअनुसार आफ्नो स्वभाव बदल्छन् । समग्रमा पर्यावरण नै परिवर्तन हुन्छ । वैज्ञानिकहरुको एउटा पछिल्लो अनुसन्धानले पनि यसलाई थप पुष्टि गरेको छ ।
अध्ययनअनुसार केही जनाबरले आफ्नो आकार बदल्छन् र विश्वव्यापी तापमानसँगै उनीहरुको शरीरको अंग पनि वतावरण अनुकूलिन हुन्छन् । जस्तैः परिवर्तित वातावरणमा बाँच्नका लागि कुनै जनाबरको पुच्छर लामो हुन्छ भने केही चराको चुच्चो तथा कानको संरचना बदलिन्छ ।
वैज्ञानिकका अनुसार शरिरको ताप प्रभावकारी ढंगले फाल्न चराचुरुङ्गी र जनाबरका शरिरका अंगमा बृद्धि भइरहेको छ । जलवायु परिवर्तनले जनाबरमा पनि अत्यधिक चुनौती थपेको अस्ट्रेलियाको डिकिन विश्वविद्यालयका प्राध्यापक सारा राइडिङ बताउँछिन् । ‘जनावरले पनि वातावरण परिवर्तन स्विकार्दै बाँच्नुपर्छ । छोटो समयमा नै यस्तो परिवर्तन देखिएको छ,’ उनी भन्छिन् ।
ट्रेन्ड्स इन इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित सो अध्ययनले आकार परिवर्तनका घटनामा जलवायुको ताप लुकेको हुन सक्ने यसअघिको अनुसन्धानलाई समिक्षासमेत गरेको छ । बढ्दो तापका कारण विशेषगरी चरामा यस्तो परिवर्तन देखिने यसअघिको अनुसन्धानले देखाएको थियो ।
अनुसन्धानकर्ताहरुको विश्लेषण चरा र पंक्षीको आकार र विशेषतासँग मिल्छ । जस्तैः सन् १८७१ पछि अस्ट्रेलियाको सुगाको औषत आकार चार देखि दश प्रतिशतसम्म बृद्धि भएको थियो । बर्सेनि तापक्रममा बृद्धिसँगै आकार बढेको अनुसन्धानकर्ता बताउँछन् ।
उत्तर अमेरिकाका अन्य चराहरु जस्तैः काला आँखा भएको जुन्कोस, थ्रसेस र गालापागोसको पनि चुच्चोको आकार बढेको छ । त्यस्तै, गोलो पात जस्तो कान भएको चमेरो (राउण्ड लिफ ब्याट) को आकार बढेको छ । युरोपेली खरायोको कान झनै बढेको छ भने मास्क्ड स्रिउ प्रजातिको मुसोको पुच्छर र खुट्टा बढेको छ ।
तर, आकार परिवर्तनले जनाबरहरु जलवायु परिवर्तसँग संघर्ष गरेको भन्ने अर्थ नलाग्ने राइडिङको भनाई छ । एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप