धरानमा खोलियो करोडौंको लगानीमा उद्योग

२० जनाको ३७ करोड लगानी, अत्याधुनिक तरिकाले पशुपंक्षीको आहार उत्पादन गर्ने (१५ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ १९

धरानः धरानमा २० जना व्यवसायीहरु मिलेर उद्योग सञ्चालनमा ल्याइएको हो । पशुपंक्षीको दाना (आहार) उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको हो । धरान–८ स्थित औद्योगिक क्षेत्रमा ‘ब्राइट फिड प्रालि’ नामको उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगको प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यले शनिबार उद्घाटन गरेका छन् ।
पशुपंक्षीको सम्पूर्ण आहारा यहाँ उत्पादन गर्ने लक्ष्यका साथ सो उद्योग सञ्चालनमा ल्याइएको हो । पोल्ट्री, बङ्गुर, गाईभैंसीलगायत माछाको समय आहारा उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
शुरुवात चरणमा १७ करोड रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । उनले बजार विस्तारका लागि २० करोड लगानी गर्ने उनले जानकारी दिए । ‘उद्योग खोल्नमात्रै १७ करोड लगानी भइसकेको छ’, उनले भने, ‘थप बजार विस्तारका लागि २० करोड लगानी गरिनेछ ।’ उनले प्रदेश १ सबै जिल्ला र सप्तरी, सिरहालगायतका जिल्लामा पनि उत्पादनलाई विस्तार गरिने जानकारी दिए ।
इन्द्रनारायण शाह, दलबहादुर विश्वकर्मा, सन्देश श्रेष्ठ, मोतीराज लुम्वापे, गृष्मा न्यौपाने, महेशकुमार निरौला, युवराज न्यौपाने, भीमकुमार श्रेष्ठ, मोहमद रहिद, राजकुमार श्रेष्ठ, सीताराम श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, कुश्वेश्वर चौधरी, गणेश गुरागाईं, इन्द्रजीत श्रेष्ठ, भारती श्रेष्ठ, आशा श्रेष्ठ राई, रविन निरौला, सञ्चालक शिवकुमार शाह गरेर २० जनाको सञ्चालक टिम रहेको उनले जानकारी दिए ।
प्रदेश नं. १ मै अत्याधुनिक कम्प्युटराइज सिष्टमको उद्योगले गुणस्तरीय सामग्री उत्पादन गर्ने लक्ष्य लिइएको अध्यक्ष श्रेष्ठ बताउँछन् । उद्योगमा २०० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता रहेको उनले जानकारी दिए । उद्योगमा ५० जना बढीले प्रत्यक्ष र २०० जना बढीले अप्रत्यक्षरुपमा रोजगारी पाउने उनले जानकारी दिए । यस्तै, उद्योगबाट देशभरीका किसान लाभान्वित हुने जनाइएको छ ।
‘देशैभरी छरिएर रहेका कुखुरा, बङ्गुर, गाई, भैंसी, माछापालनका किसानहरुको समस्यालाई नजिकबाट नियाल्दै त्यहाँसम्म लैजाने लक्ष्य राखिएको छ’, उनले भने । यसअघि आफैं पनि किसान भएको र कुखुरा, बङ्गुर र भैंसीपालनमा लागेको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्य र धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा अत्याधुनिक प्रविधिको उद्योग सञ्चालनमा आउनु सुखद् भएको बताए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप