धरानमा लकडाउनको निर्णयले धरानबासीका दुःख

लकडाउन हुने भनिएपछि छिनछिनमा जाम, सर्वसाधारणको दौडधुप, चाडबाडमा जस्तै थामिनसक्नु भीड, पेट्रोल पम्पमा पेट्रोल रित्तियो (५१ तस्वीर र भिडियो रिपोर्ट)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ ३

धरानः धरानमा चाडबाडमा जस्तै थामिनसक्नु भीड भएको छ । विशेषतः लकडाउनको समाचार आएपछि खाद्यान्न, तरकारीलगायतका सामग्री जोहो गर्ने बढेका हुन् । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक र जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिनसम्म कडा लकडाउन गर्ने आदेश जारी गरेको थियो ।
धरानको मुख्य सडक, छाताचोक, भानुचोक, कलेज रोड, देशीलाइन, पुतलीलाइन, सब्जीमण्डीलगायतका स्थानमा किनमेल गर्नेको घुइँचो लागेको हो । दशैं, तिहार, छैठजस्ता महत्वपूर्ण चाडबाडमा जस्तै भीड लागेको हो । ती स्थानहरुमा किनमेल गर्ने सर्वसाधारणको लर्को लागेको थियो । त्यस्तै, मुख्य सडक (भानुचोकदेखि छाताचोक) सम्म त दिनभर छिनछिनमै जामको समस्या समेत रह्यो । मुख्य सडकको कलेज रोड छिर्ने सडकमा त ट्राफिक प्रहरी नै सिटी फुक्दै जाम हटाउन बसेको देखियो । मुख्य सडकमा सवारी साधनको लर्को लाग्न थालेपछि जाम बढेको थियो ।
यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि भीड लागेको थियो । यस्तै, पेट्रोलपम्पमा पनि लामो लाइन लागेको थियो । अन्ततः धरानमा पेट्रोल सिद्धिएको भन्दै कतिपय धरानेहरु इटहरीसम्म पुग्न बाध्य भएका थिए । कतिपय सर्वसाधारणले भीडभाड देखेपछि कोरोनाको गुँडसमेत भन्न भ्याएका थिए । तर अन्ततः भदौ ४ गतेदेखि गर्ने भनिएको लकडाउनको निर्णय बिहीबार साँझदेखि फिर्ता समेत भइसकेको छ ।
हेरौं साँझसम्म सङ्कलन गरिएको तस्वीरः
तस्वीरहरुः शेखरनाथ जोगी र लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप