धरानमा लकडाउनको विरोधमा उत्रिए युवा

‘कडा’ लकडाउनको ‘कडा’ विरोध, भानुचोकमा स्वतःस्फूर्त प्रदर्शन (११ तस्वीर र भिडियोपनि)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ भदौ २

धरानः लकडाउनबाट आजित भएको भन्दै भानुचोकमा प्रदर्शन गरेका छन् ।
स्वतःस्फूर्तरुपमा सडकमा उत्रिएका युवाको समूहले लकडाउनको विरोधमा भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा प्रदर्शन गरेको हो । लकडाउन गर्न पाइँदैन, गरिब मार्न पाइँदैन, गरिखान देऊ पासो लाग्न, विष खान बाध्य नबनाऊ, गरिखान देऊ लकडाउन समाधान होइन, स्मार्ट लकडाउन होइन, स्मार्ट व्यवस्थापन गर, लकडाउन गरेर जनता मार्न खोजेको कि बचाउनलगायतका प्ले कार्ड बोकेर उनीहरुले नारा लगाउँदै आधा घण्टाबढी प्रदर्शन गरेका थिए ।
अव्यवस्थित लकडाउन भएको भन्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको उनीहरुले बताएका छन् । उनीहरुले लकडाउन व्यवस्थित हुनुपर्ने बताए । ‘लकडाउन भनेको पुरानो शैलीको होइन, अलि व्यवस्थित हुनुपर्छ भनेर प्रदर्शन गर्दै विरोध जनाएका हौं’, स्थानीय भरत श्रेष्ठले भने । उपमहानगरपालिकाले लकडाउन गर्नुपर्ने भए कोठा भाडा तिरिदिनुपर्ने पनि बताए । ‘काम गरेकै दिन कमाएर खानुपर्ने अवस्था पनि छ तर लकडाउन हुँदा कसरी पेट पाल्नु ?’ उनले प्रश्न गरे । उनीहरुले सरकारी कर्मचारीलाई कार्यालय बन्द भएपनि तलब पाकिरहने तर मजदुर, गरिखाने वर्ग मारमा पर्ने हुनाले लकडाउनको विकल्प खोजिनुपर्ने बताएका छन् । धरानमा भदौ ४ गतेदेखि १० दिनसम्म लकडाउन गर्ने निर्णय भएको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप