राजेशपायल राईको ‘हौवा हौ’ सार्वजनिक (भिडियो)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ भदौ २

धरानः नेपाली सङ्गीत क्षेत्रका मेगास्टार राजेशपायल राईको नयाँ गीत सार्वजनिक भएको छ ।
‘राई इज किङ’ भनेर चिनिने चर्चित गायक राईको ‘हौवा हौ दर्शन नमस्ते’ बोलको गीत सार्वजनिक भएको हो । साढे पाँच मिनेट लामो लिरिकल भिडियोसहितको गीत स्वयं गायक राईको राजेशपायल राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा विकास सङ्गम राईको शब्द, विक्रम राईको सङ्गीत र देवेश राईको एरेञ्ज रहेको छ । ‘हौवा हौ दर्शन नमस्ते’ बोलको गीतलाई राईको सुपरहिट एल्वम ‘दर्शन नमस्ते’ को पाँचौ भाग ‘दर्शन नमस्ते–५’ एल्वममा समावेश गरिने बताइएको छ ।
आफूले माया गरेको मायालुको चर्चा गर्दै प्रेमभाव दर्शाइएको सो गीतलाई छोटो समयममै युटुयुबमा एक लाख ४० हजार बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप