धरानमा बजाजको आफ्नै जग्गामा ‘भिआइपी शोमरुम’

पूर्वमै ठूलो र अत्याधुनिक पार्टस्, स्पेयर्स शोरुम पनि सञ्चालनमा (२१ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ भदौ १

धरानः धरानमा बजाजको आफ्नै भव्य ‘भिभाइपी शोरुम’ सञ्चालनमा ल्याएको छ ।
धरान-८ खहरेखोला छेऊमा शोरुम सञ्चालनमा आएको हो । यसअघि भाडाको घरमा चलाइएको शोरुमको आफ्नै जग्गामा शोरुम खोलेको अर्विन एण्ड ब्रदर्स अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए । ‘खासमा ११ वर्ष भाडामा बस्यौं’, उनले भने, ‘अहिले आफ्नै जग्गा, भवनमा सरेका छौं ।’
यस्तै, पूर्वमै ठूलो र अत्याधुनिक पार्टस्, स्पेयर्स शोरुम पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । ‘यसअघि कुचुक्क परेको ठाउँमा मर्मतसम्भारलगायत पार्टस पनि बिक्रीवितरण गर्दै आएका छौं, त्यही भएर यहाँ आफ्नै जग्गामा आफ्नै भवन निर्माण गरेका छुट्टै स्पेयर्स र पाट्सको शोरुम पनि सञ्चालनमा ल्याउन सफल भएका छौं ।’
मङ्गलबार हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छा, महाप्रबन्धक योगेन गुरुङलगायतको उपस्थितिमा शोरुमको उद्घाटन भएको छ । कम्पनीका निर्देशक गोल्छाले रिवन काटेर दुवै शोरुमको उद्घाटन गरेका थिए । कार्यक्रम सञ्चालक लक्ष्मण तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुरयाउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने निर्देशक गोल्छाले बताए ।
बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वासिलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको उनको भनाइ छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिइएको सञ्चालक तामाङ बताउँछन् । ‘यसैको माध्यमबाट ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउनेछ’, सञ्चालक तामाङ भन्छन् ।
महाप्रबन्धक योगेन गुरुङले भने, ‘हामी धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । धरानमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको उनले जानकारी दिए । तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप