धरान उच्चको उच्चता

१ हजारभन्दा बढी डाक्टर र इन्जिनियर साथै १३ सय बढी नर्स बनिसके (भिडियो कुराकानी)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ३१

धरानः धरान उच्चको उच्चता चुलिँदै गएको छ । कारण हो– गुणस्तरीय शिक्षा प्रदान गर्नु अनि नतिजामा पनि उत्कृष्टता । २०५५ सालमा स्थापना भएको कलेजले एउटा इतिहास बनाएको छ । इतिहास बनाएको धरान उच्च शिक्षाक्षेत्रका प्रवुद्ध समाजसेवी तथा शिक्षाप्रेमीद्वारा सञ्चालित छ । महेन्द्र, हात्तीसारलगायत कलेजमा अध्यापन गराइसकेका र गराइरहेका अध्यापकहरुद्वारा सञ्चालित यो कलेज धरानमा पुरानो कजेज मानिन्छ ।
साइन्स, कम्प्युटर साइन्ट, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, बिबिएलगायतका विषय यहाँ पढाइ हुने यस कलेजले देशका लागि थुप्रै आदर्शवान, योग्य नागरिक तयार पारिसकेको छ । ‘योग्य शिक्षक, नैतिक र व्यावहारिक शिक्षा नै धरान उच्चको विशेषता हो,’ प्रिन्सिपल राजविमल श्रेष्ठ भन्छन्, ‘बाहिरी भौतिक संरचना मात्रै होइन, शैक्षिक गतिविधि पनि उत्कृष्ट रहेको छ तर, अझै परिवर्तन गर्नुपर्ने हामीले महसुस गरेका छौं ।’

पछिल्लो समय केही विद्यालयले शतप्रतिशत नतिजा प्रकाशन गरेको दाबी गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी गर्छन् । तर, उनी भन्छन्, ‘धरान उच्चले शतप्रतिशत नतिजा प्रकाशन गरेको छ । नतिजा प्रकाशन गर्नु मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्नु होइन । अध्ययनपश्चात् विद्यार्थीहरू कहाँ के गरिरहेका छन् भन्ने पक्षमा आधारित हुन्छ । त्यसमा धरान उच्चको २५ वर्षे दौरानमा विद्यार्थीको प्रगति हेरे पुग्छ ।’
पछिल्लो समय विद्यार्थीहरू आत्मनिर्भर बन्दै गएको साइन्स कोअडिनेटर सुनिल भगत बताउँछन् । ‘विद्यार्थीलाई पढ भनिरहनुपर्दैन । विद्यार्थीहरूले निश्चित उद्देश्य लिएर पढिरहेका हुन्छन् । उनीहरूले समयको महत्व बुझेको महसुस गरेको छु । उनीहरू भविष्यको योजनामा दृढ छन्, त्यही भएर धेरै विद्यार्थी डाक्टर, इन्जिनियर साथै अन्य पदमा पनि आसिन भइसकेका छन्,’ उनी भन्छन् ।
विद्यार्थीको लुकेको प्रतिभा प्रष्फुटन गर्न कलेजले समय–समयमा विशेष क्रियाकलापहरु आयोजना गर्दै आएको छ । विद्यालयले विद्यार्थीमा नैतिकता, चरित्रवान् तथा विश्व भाइचाराको भावना प्रष्फुटन गर्न विशेष जोड दिने गरेको जनाएको छ । शिक्षाको उद्देश्य रटाउने र घोकाउने कदापि हुनु हुँदैन भन्ने कलेजको मान्यता छ ।
व्यवस्थित सुविधासम्पन्न आफ्नै पक्की भवनहरु, शुद्ध खानेपानी, शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला कलेजका थप आकर्षण हुन् । यो कलेज आफ्नो उद्देश्य र लक्ष्यमा अटल छ । यस विद्यालयबाट उत्तीर्ण विद्यार्थीले उच्च शिक्षामा उत्कृष्ट प्रदर्शन गर्नुका साथै विभिन्न रोजगारमा पनि आवद्ध भएका छन् ।

अभिभावक, विद्यार्थीले सन्तुष्टि मान्नु नै हाम्रो उपलब्धि होः प्रिन्सिपल राजविमल श्रेष्ठ

२०५५ सालमा हामीहरुले शिक्षा क्षेत्रमा केही योगदान दिने हेतुले निजी लगानीमा कलेज सञ्चालनमा ल्यायौं । आजका दिनसम्म आइपुग्दा आफ्नो लक्ष्यमा सफल भएर पनि नयाँ नयाँ लक्ष्य कायम गर्न सफल भएको महसुस भएको छ । किनकि यो कलेज यस क्षेत्रकै एउटा उत्कृष्ट नमूना संस्थागत विद्यालयको रुपमा परिचित हुन सफल छ । हामीले अभिभावकहरुको पनि उत्तिकै सहयोग पाएका छौं । उहाँहरुले हामीप्रति गर्नुभएको विश्वास अझै दृढ बनाउन प्रतिबद्ध छौं । बदलिँदो समयसग मिल्ने गरी सहज, सुलभ र सरल तरिकाले प्रविधि जोडेर पठनपाठन गर्ने कलेजले व्यवस्था मिलाएको छ ।
फलस्वरुप विद्यार्थीले पनि उत्कृष्ट नतिजा ल्याउन सफल छन् । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापको व्यवस्था गरेको छ । शिक्षाको उद्देश्य रटाउने र घोकाउने हुनु कदापि हुँदैन । यसले व्यक्तिमा सीपको विकास गर्नुपर्दछ । कलेज परिवार, अभिभावक र विद्यार्थीको साथ सहयोगले आज यो विद्यालय गौरव गर्नलायक कलेज भएकोमा खुसी व्यक्त गर्दछु । सबैबाट धेरै माया र सहयोग पाएका छौं, जसले गर्दा कलेजको हितमा नयाँ नयाँ योजना बनाउन उत्साहित छौं ।
धरान उच्च पुरानो कलेज हो । २५ वर्षसम्म हामीले जे गरयौं, त्यहीलाई विद्यार्थी, अभिभावकले पछ्याउने हो । २५ वर्षको दौरानमा आइपुग्दा हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेका छौं जस्तो लाग्छ । त्यसकै आधारमा विद्यार्थी, अभिभावक आइरहनुभएको छ । यहाँ अध्ययन गरेका विद्यार्थी संसारभर छरिएर राम्रो काम गरिरहनुभएको छ, हामीले जे जति गरयौं, अभिभावक, विद्यार्थीले राम्रो मानिदिनुभएको छ, त्यसमै हामीले गर्व गरेका छौं । हामीले कहिल्यै पनि प्रदेश टप, नेपाल टप भनेनौं, त्यसको पछि लागेनौं । अझ भन्ने हो भने हामीले धेरै हल्लाखल्ला गरेनौं । यहाँबाट उत्पादन भएका विद्यार्थी कहाँ छन्, कस्तो अवस्थामा छन्, त्यसले महत्व राख्छ । ,अभिभावक, विद्यार्थी सन्तुष्टि हुनु नै हाम्रो उपलब्धि हो ।

१ हजारभन्दा बढी डाक्टर बनिसकेः साइन्स कोअर्डिनेटर सुनिल भगत

कुनै पनि देशको विकासको निम्ति त्यसको शिक्षा व्यवस्थामा टिकेको हुन्छ । त्यसैले शिक्षालाई तेस्रो आँखा भनिएको हो । यस कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदैआएको छ । सुन्दर र शान्त वातावरणमा विद्यार्थीको प्रतिभा विकास गर्दै उनीहरुलाई सफल नागरिक बनाउन कलेज कटिबद्ध छ । साथै सम्पूर्ण अभिभावक तथा विद्यार्थीले साथ र सहयोग आगामी दिनमा पनि रही रहने अपेक्षा गर्दछौं ।
हामीले यस पेशालाई न्याय गर्न सक्नुपर्दछ । विद्यार्थी, अभिभावकको आँखामा हामी कति उभिएका छौं । २०५५ सालदेखि निरन्तर चलिरहेको धरान उच्च विद्यार्थी, अभिभावकको आँखामा बस्न कति सकेको छ, त्यो नै ठूलो कुरा हो ।

यहाँ २५–३० वर्ष जीवन बिताइसकेका दक्ष अध्यापकहरु हुनुहुन्छ । अहिलेसम्म जति विद्यार्थी पढे, विद्यार्थी सन्तुष्ट छन्, अभिभावक सन्तुष्ट छन् जस्तो लाग्छ । विद्यार्थीको बेसिक फाउन्डेसन राम्रो हुनुपर्छ, त्यो धरान उच्चले पूरा गरिदिएको छ । यहाँ फरक फरक विद्यार्थी आउँछन्, जो कमजोर छ, उसलाई उस्तै व्यवहार गर्ने गरिन्छ । यहाँ हामीले विद्यार्थीले पढ्दा ‘इन्जोय’ गरेर पढ्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेका छौं ।
फ्याकल्टीवाइज हेड हुनुहुन्छ, उहाँहरुकै निर्देशनमा विद्यार्थीलाई हेरचाह हुन्छ । यहाँबाट प्रत्येक वर्ष डाक्टर, इन्जिनियर बन्दैछन्, एमबिबिएस, नर्सिङतिर विद्यार्थीको झुकाव बढेको पाइएको छ । १ हजारभन्दा बढी डाक्टर बनिसके, १३ सय बढी नर्स बनिसके, १ हजार बढी इन्जिनियर बनिसके । इन्जिनियर बनेर नेपालमै रहेका हाइड्रो पावरमा धेरै विद्यार्थी जागिर खाइरहेका छन् । विद्यार्थीलाई क्वालिटीको आधारमा कलेजले छात्रवृत्ति पनि प्रदान गर्ने आएको छ । विशेषतः क्वालिटी हेरेर १०० प्रतिशत र ५० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दै आएका छौं ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप