राजेशपायल राई र सुनिता थेगिमको ‘माया हजुर २’ सार्वजनिक


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन २७

धरानः राई इज किङको उपाधिप्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा डा सुमाया राईको शब्द रहेको छ भने डि आर अटुको सङ्गीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको गीतलाई आसिक जवेगूले छायाङ्कन गरेका छन् । गीतको भिडियोमा राजेश पायल राई र सुनिता थेगिमको अभिनय रहेको छ ।
गीतमा फरक किसिमबाट मौलिकपनको आभास दिने प्रयास रहेको राईले बताएका छन् । आम दर्शकको भावनाअनुरुप नै अडियो भिडियो निर्माण गरिएको निर्माण पक्षले बताएको छ । मौलिक सस्कृति जर्गेना गर्न पनि ‘माया हजुर २’ गीतले थप टेवा पुरयाउने आशा रहेको संगीतकार डिआर अटुले बताएका छन् ।
चौबन्दी चोलीले, गुडी जाने रेल, दिक्तेल बजार, झुम्के माया, माया हजुर, सोल्टिना ज्यू, चरी भए भुरुरु जान्थें उडेरलगायतका गीतहरुमा आफ्नो सङ्गीत भरिसकेका सङ्गीतका बादशाह डि आर अटुको यस गीतमा पूर्वेली कला संस्कृतिबारे वर्णन गरिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप