‘फेरि प्रधानमन्त्री हुनका लागि जालझेल नहोस्’


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १६

धरानः नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै फेरी प्रधानमन्त्रीमा दाबी नगर्न सुझाव दिएका छन् ।
सोमबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता नेपालले ओलीलाई संविधानमाथि फेरी जालझेल नगर्न सुझाव दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘फेरि फर्केर प्रधानमन्त्री हुन्छु कि भनेर कसैले जालझेल नगरोस् ।’
उनले देउवालाई जनतालाई दिएको वाचा पुरा गर्नसमेत आग्रह गरेका छन् ।
नेपालले सरकारले कोरोनाको खोप सबैलाई उपलब्ध गराउने कुरा स्मरण गर्दै सबैलाई छिटो खोप दिन ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘अहंकारी नबन्नुस्। अहंकारीको पछि नलाग्नुस्। बेइमानको पछि नलाग्नुस्। कसैले बचनको पालना गर्दैन भने त्यस्तालाई आदर्श नठान्नुस्।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप