धरान उपमहानगरको निर्णय

खोप कार्यक्रम व्यवस्थित गरिने, अब अलग-अलग लाइन लगाएर खोप लगाइने, राजनीतिक दलका प्रतिनिधि पठाइने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १५

धरानः धरानमा खोप कार्यक्रमलाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।
मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार कोरोनाविरुद्धको खोप अभियान सम्बन्धमा धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । धरानमा अब केही दिनभित्रमा अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदैछ ।
सर्वदलीय बैठकले आगामी खोप कार्यक्रमलाई सरल र सहज बनाउने निर्णय गरेको छ । ७ वटै खोप केन्द्रहरुमा राजनीतिक दलहरुबाट समेत अनुगमनका लागि १–१ जना प्रतिनिधि पठाउने, ७ वटै खोप केन्द्रहरुमा सम्बन्धित वडाको १–१ जना जनप्रतिनिधि रहने समेत व्यवस्था गर्ने निर्णय गरेको छ । खोप केन्द्रहरुमा लक्षित समूहका वडागत अलग–अलग लाइन लगाएर खोप लगाइने व्यवस्था गर्ने निर्णय गरेको छ ।
यस्तै, खोपलाई व्यवस्थित गर्न २० वटै वडाका वडाध्यक्षहरुकोे अध्यक्षतामा राजनितिक दलको प्रतिनिधिसहितको संयन्त्र (समिति) बनाई लक्षित समूहको तथ्यांक संकलन, खोप केन्द्र व्यवस्थापन गर्न समेत निर्णय भएको छ । साथै, नगरपालिकालाई सुझाव दिने गरी वडा समितिलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा तीन दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा थुप्रै कमिकमजोरीहरु भएको विषयमा समिक्षा समेत गरिएको थियो । बैठकमा उपमेयर मञ्जु भण्डारी, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, राष्टिूय जनमुक्ति, संघिय लिम्बुवान, नेकपा माले, राप्रपा नेपालका नेताहरुको उपस्थिति रहेको थियो ।
धरानमा गएको सोमबार, मंगलबार र बुधबार तीन दिन चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । यो खोप ५५ वर्ष उमेरभन्दा माथि र विभिन्न लक्षित समूहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप