आउँदो चैतसम्ममा सबैलाई खोप लगाइसक्ने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १५

धरानः सरकारले चैत मसान्तसम्म सम्पूर्ण नेपालीहरुको पहुँचमा कोभिड-१९ विरुद्धको खोप पुग्ने दावी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले थप खोपको लागि चीनको साइनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको जानकारी दिएको छ । साथै, कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज र भारतबाट खरिदको बाँकी १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने आँकलन गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयको भनाइ छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न माध्यमबाट खोप प्राप्त हुने क्रम जारी रहेकोले चैत मसान्तसम्म सम्पूर्ण नेपालीहरुको पहुँचमा खोप पुग्ने बताएको हो ।
प्रवक्ता डा कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्ष माथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रुपमा कार्य अगाडि बढिरहेको अवस्था छ। गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जादा चैत मसान्तसम्म खोप सम्पूर्ण नेपालीहरुको पहुँचमा पुग्नेछ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप