ब्राउनसुगर कारोबारको सुइँको पाएपछि नगदसहित दुईजना समातिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १५

बिर्तामोडः झापाको मेचीनगर–९ स्थित लिलाबस्तीको लिलाचोकस्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुईजनालाई नगद र ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ बस्ने २६ वर्षीय सरोज भुजेल र सोही स्थानका ३५ वर्षीय निर्मल भुजेल रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण व्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर कारोबार गर्न लागेको अवस्थामा फेला पारी खानतलासी गर्दा झोलाभित्र लागूऔषध ब्राउन सुगर ३४ ग्राम र नेपाली रु. २ लाख ५१ हजार फेला पारे पश्चात उनीहरुले प्रयोग गरेको मे४प ४०९७ र मे६प ३२१३ नम्बरको दुईवटा मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप