लागूऔषध दुर्व्यसनका लक्षण


  • केदार कार्की
  • २०७८ साउन १५

बदलिँदै गरेको सामाजिक मान्यताहरु, केही नयाँ गर्ने चाहना तथा थरीथरीका तनाव आदि यस्ता कैयौं कारणहरु छन् । जसका कारण समाजमा लागु औषधहरुको प्रचलन तेजीले बढ्दो छ । सबैभन्दा चिन्ताजनक कुरा यो छ कि यसको शिकारमा युवायुवतीहरुको प्रतिशत द्रुत गतिले बढ्दो छ । युवाहरुमा लागु औषधको शुरुवात प्रायःजसो स्कूलमा मीठो सुपारी एवम् सादा मसला, गुडखाबाट शुरु हुन्छ, जुन विस्तारै तम्बाखुयुक्त गुटखा र सिगरेट हुँदै लागु औषधसम्म पुग्दछ ।
साथीहरुको दवाव अथवा सामाजिक चक्रव्यूहहरुमा फरेका युवायुवतीहरु जब एकपटक यसको गीरपनमा आउँछन् भने तिनीहरुलाई यस दलदलबाट निकाल्न धेरै दुष्कर हुने गर्दछ । तर यदि अभिभावकले आफ्ना छोराछोरी माथि बराबर निगरानी राखे एवं तीनका गतिविधिहरु अध्ययन गरे भने तिनको व्यवहार एवम् चालचलनलाई हेरेर यस विमारीलाई शुरुमा नै ठम्याउन सक्दछन् ।
लागुऔषधका प्रमुख लक्षणहरु
लागुऔषधका दुर्व्यसनीहरुको सबैभन्दा महत्वपूर्ण पहिचान तीनको सामान्य दिनचर्या पूर्णरुपले ध्वस्त हुनुलाई मान्य सकिन्छ । तीनलाई सबै बामहरुमा अरुची हुने गर्दछ । घरपरिवारका सदस्यहरुबाट टाढा टाढा रहनु, अन्तरमुखी हुनु, विद्यालय वा कलेजमा अनुपस्थिति हुनु तथा एकान्त साधनमा लामो समयसम्म बस्नु, कुरै कुरामा रिसाउने तथा हर समय वाझ्न तम्सिनु यसका प्रमुख लक्षण मानिन्छन् ।
दुर्व्यसनीहरुमा आत्मविश्वासमा धेरै कमी आउँछ । तिनीहरु आफ्नो सरसफाइमा धेरै धेरै लापरवाही हुन्छन् एवम् ब्रस गर्ने, नुहाउने जस्ता नियमित कामहरुलाई पन्छाउने गर्दछन् । यस्ता दुर्व्यसनीहरु हिँड्दा लरखराउने, बोली तुतलाउनु वा भकभकाउनु सामान्य मानिन्छ । दुर्व्यसनीहरुमा निद्रामा अनियमितता, भोक कम लाग्नु, आँखा रातो हुनु, आँखा मधुरो हुनु, आँखामुनी सुन्निनु, आँखाको नानी, सियोजस्तो खम्चिनु जस्ता लक्षण सामान्यतया देखिन्छ ।
दुर्व्यसनीहरुको स्वभावमा अचानक परिवर्तन हुनु, प्रत्येक कुरामा झुट बोल्नु, उधारो लिनु, चोरी गर्नु वा असामाजिक गतिविधिहरुमा लिप्त हुनु, बहान चलाउँदा पटक–पटक दुर्घटना हुनु, पुराना साथीसँग समय नविताउनु, नयाँ–नयाँ साथीहरु निश्चित बेला घरमा आउनु, अधिक खर्च माग्नु, नपाएमा उत्तेजित एवम् आक्रामक हुनु, सुत्ने कोठा, स्नानघरमा इन्जेक्सनको खाली सिरिन्ज, सिगरेटको माथिको भाग, एल्मुनियमको पातलो कागजजस्तो फ्वाइल, पातलो प्लाष्टिकको पाइप वा धुवाँको कालो निशान भएको सिक्का पाइनु, घरबाट किमती सामान हराउनु जस्ता घट्नाहरु पनि दुर्व्यसनीहरुमा प्रायः देखिन्छन् ।
लागुऔषधको दुर्व्यसनबाट हुने नोक्सानी
यस्ता मानिसहरुको प्रतिशत धेरै छ जो मानसिक तनावबाट मुक्तिका लागि नशालु औषधि लिने गर्दछन् । तिनको सेवनले प्रारम्भमा त राहत महशुश हुन्छ तर अन्त्य धेरै नराम्रो हुन्छ । एकातिर जहाँ यस्ता मानिस अनेक शारीरिक व्याधिहरुको शिकार हुन्छन् त्यही हिस्सा एवम् अपराधी प्रवृत्तिको चपेटामा आउनाले आफूलाई तथा परिवारलाई संकटमा पार्दछन् ।
नशालु औषधिको रुपमा धेरै प्रख्यात हशिशको धुँवामा चुरोटको तुलनामा पाँच गुणा बढी कार्वन मोनोअक्साइड विना रङ्ग एवम् गन्ध भएको ग्यास हुन्छ । जसले दुर्व्यसनीको ज्यान पनि लिन सक्छ । कोकेन वा क्रेकको वानी बसाउनका लागि यसलाई एक पटक सेवन नै काफि हुन्छ । यसको चाहिनेभन्दा बढी मात्रा लिएमा हृदयघात हुने आशंका हुन्छ जसबाट दुर्व्यसनीको मृत्यु पनि हुनसक्छ ।
नशालु औषधीहरुको सेवनले दुर्व्यसनीलाई गम्भीर खाले डिहाइड्रेशन शरीरमा पानीको कमी हुन सक्छ । यसबाहेक यसको सेवनले मृगौला सम्बन्धी विकारका अवसाद, डिप्रेशन पनि हुन सक्छ । नशालु औषधिहरुको प्रभावमा दुर्व्यसनीहरुमा निर्णय गर्ने क्षमतामा असर पर्छ जसका कारण दुर्व्यसनी असुरक्षित यौन सम्बन्ध बनाउने जोखिम उठाउने गर्दछ जसले गर्दा एचआइभी एड्सको सम्भावना बढेर जान्छ ।
यदि तपाईको आफन्त छोराछोरी, नशालु औषधिको दुर्व्यसनी भए भने…
यदि तपाईलाई यो आशंका भयो कि तपाईको छोराछोरी नशालु औषध सेवन गर्ने गरेका छन् भने सबैभन्दा पहिले त तपाई नशालु औषधिहरु तिनको परिणाम एवम् साधनहरुबारे बढीभन्दा बढी जानकारी हासिल गर्नुस जबसम्म तपाईको शंका पुष्टि हुँदैन, तबसम्म छोराछोरीलाई माथि यसको प्रतिविम्बित गर्नुहोस् । सबैभन्दा पहिले केटाकेटीको कोठा एवम् तिनको सामानहरु जाँच गर्नुस् । किनकी लागुऔषध सेवन गर्नेले लागुऔषधसँग जोडिएको सामान आफ्नो झोला, स्नान गृह, सुत्ने कोठा, दराज वा कारमा राख्दछन् ।
यी सामानमा कैयौं किसिमका कुराहरु शामील हुन्छन् जस्तै चुरोट, शेलिङ्ग पेपर, रोलिङ्ग ह्वील पाउडर, चक्की वा बोटविरुवा, ऐशट्रे वा गोजीमा पाउडर, पातहरु, बीऊ फ्लेवर तमाखु आदि । यदि तपाईको आशंका सावित भएमा सबैभन्दा पहिले केटाकेटीहरुसँग आफ्नो आशंका बारे कुरा गर्ने कोशिस गर्नुस तर यसमा धेरै सावधानी आवश्यक हुन्छ किनभने यदि उसलाई केही समस्या भए ऊ रिसाएर क्रोधमा कुनै खतरनाक कदम उठाउन सक्दछ ।
आफ्ना छोराछोरीलाई नशालु औषधबाट टाढा राख्नका लागि सबैभन्दा जरुरी यो छ कि ऊसँग इमान्दारी भरिएको राम्रो व्यवहार गर्नुस् । जब तपाई टाढा हुनुहुन्छ भने उसका साथी एवम् तिनको रहनसहन एवम् वानी व्यहोराको जानकारी लिनुस एवम् उनीहरुसित नियमित सम्पर्कमा रहनुस् । यदि तपाई विश्वस्त हुनुभयो कि छोराछोरी वा आफन्तले लागुऔषध सेवन गर्ने गरेको रहेछ । लामो समयदेखि भने तपाई दुर्व्यसन पुर्नस्थापन केद्र वा संस्थासँग सम्पर्क गर्नुस् ।
तिनको मद्दतले तपाईका आफन्त, छोराछोरीलाई सजिलै नशालु औषधको दुर्व्यसनको चङ्गुलबाट मुक्त गराउन सक्नु हुनेछ । यो वैश्वीक स्तरमा प्रचलित विधि पनि मानिन्छ तर यस्ता पुनःस्थापन केन्द्र छनौट गर्दा तथा तपाईको आफन्त भर्ना गर्नुभन्दा पहिले ती पुनःस्थापना केन्द्रहरुको पूर्वाधारको अवस्थान, मनोविद, मनोरोगविद, चिकित्सकजस्ता जनशक्ति साथ योगध्यान गराउने प्रशिक्षकहरुको सेवा उपलब्ध भए नभएको पुष्टि भने अवश्य गर्नुहोला ।
अन्यथा आजको स्थितिमा हाम्रो आफ्नो परिवेशमा टोलटोलमा खुलेका बग्रेल्ती पुर्नस्थापना केन्द्रहरु एवम् मोफसलका पुनःस्थापना केन्द्रहरुमा माथि उल्लेखित सेवा सुविधा त न्यून नै हुने गर्दछ । त्यसैले त बेलाबेलामा पुनःस्थापनाका लागि राखिएका कथाहरु बाहिर आइरहन्छन् । त्यो तपाई र तपाईका आफन्तका लागि प्रत्युत्पादक त हुने नै छ साथै व्यर्थको व्ययभार पनि ।
यसरी पुनःस्थापना केन्द्रप्रति आश्वस्त भइसकेपछि तपाईको दुर्व्यसनी आफन्त, पुर्नस्थापना केन्द्रको जिम्मेवार व्यक्ति अनि तपाई आफैं बीच गहन परामर्श एवम् जिम्मेवारी बारे प्रष्ट पारिनु नितान्त आवश्यक हुनेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप