धरानमा विनोद लिम्बूको हत्या !

खानेपानीको ट्याङ्कीबाट प्रहरी निकाल्यो शव, घाँटी काटिएको अवस्थामा भेटियो शव, हातमा पनि १७ ठाउँ चोट भेटियो (भिडियोसहित)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १४

शव लुकाइएको खानेपानीको ट्याङ्की र प्रहरीले ट्याङ्की काटेर शव निकालेपछि (बायाँ)।

धरानः धरान–५ तल्लो देउरालीस्थित सुन्दरवस्तीमा खानेपानीको ट्याङ्कीमा मृत भेटिएका विनोद लिम्बूको शव निकालेको छ ।
ट्याङ्कीभित्रबाट निकालिएको शवको प्रकृति हेर्दा घाँटीमा काटेर हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले घाँटीमा एक इन्च काटिएको अवस्थामा शव निकालिएको जानकारी दिए । ‘घाँटीमा काटिएको अवस्थामा शव निकालेर पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान लगेका छौं’, उनले भने ।
मृतक लिम्बूको हातमा पनि काटिएको चोट भेटिएको छ । प्रहरीका अनुसार उनको दाहिने हातमा १३ ठाउँ र देब्रे हातमा ४ ठाउँ काटिएको छ । डिएसपी नरेन्द्र कुँवरले घटनाको प्रकृति र शवको प्रकृति हेर्दा हत्या नै भएको बताए । ‘घाँटीमा काटिएको अवस्थामा फेला पर्नु र हातमा पनि काटिएको चोट देखिनु हत्या नै हो’, उनले भने, ‘धारिलो हतियार प्रहार गरी हत्या भएको हुनसक्छ ।’ उनले अनुसन्धानको अघि बढाएको बताए । ‘थप अनुसन्धान भइरहेकै छ’, उनले भने ।
घटनास्थलमा रगत लतपटिएको भेटिएको छ भने ट्याङ्कीमा पनि रगत लतपतिएको देखिएको छ । स्थानीयले रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नै घटनास्थल पुगेर कसेर लगाइएको ट्याङ्कीको बिर्को खोल्दा शव भेटेको थियो ।
करिब ४७ वर्षीय लिम्बूकी श्रीमती इजरायल रहेको र फोन नलागेपछि छिमेकीलाई खबर गरेर घरसम्म पुग्न आग्रह गरेकी थिइन् । स्थानीयले घरमा आएर हेर्दा रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप