धरानमा आइपुगेन अमेरिकन खोप

भोलिदेखि लगाइने कार्यक्रम स्थगित, ११ हजारले लगाए भेरोसेल


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १३

धरानः धरानमा साउन १४ गतेदेखि लगाइने भनिएको कोरोनाविरुद्धको अमेरिकन जोनसन खोप केही समयको लागि स्थगित भएको छ ।
आउँदो आइतबारसम्ममा जोनसन खोप आइपुग्ने बताइएको छ ।
साउन १४, १५ र १६ गते तीन दिनसम्म कोरोनाविरुद्धको खोप जोनसन लगाइने भनिएको थियो । मेयर तिलक राईका अनुसार भोलिदेखि लगाइने भनिएको जोनसन खोप जिल्ला स्वास्थ्य कार्यालयमा आईनपुगेको कारण स्थगित गर्न परेको हो । मेयर राईले अब जिल्ला स्वास्थ्य कार्यालयमा खोप आइपुगेपछि मात्र धरानमा जोनसन खोप लगाइने जानकारी दिए । उनका अनुसार जोन सन खोप धरानमा ५ हजार आउनेछ ।
उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाकाअनुसार जोनसन खोप धरान आइपुगेपछि ५० वर्षदेखि ५४ वर्ष उमेर समूहलाई लगाइनेछ । साथै, जोनसन खोप अति अशक्त अपाङ्गता भएका नागरिकहरु, स्वास्थ्य संस्थामा कार्यरत छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई लगाइनेछ ।
यस्तै, साउन १२ गतेदेखि लगाउन सुरु गरिएको चाइनिज भेरो सेल खोप सकिएको छ । स्वास्थ्य महाशाखाका अनुसार १२ गतेदेखि सञ्चालन गरिएको धरानमा ११ हजार नागरिहरुले भेरोसेल खोपको पहिलो मात्रा लगाएको छ । पहिलो दिन २९०५, दोश्रो दिन ५२ सय र तेस्रो दिन (आज) २८७४ जनाले खोप लगाए । जोनसन खोप आइपुगेपछि सूचना जारी गरेर सोही खोप केन्द्रमा लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप