दुर्घटनामा दम्पत्तिको मृत्यु

धरानमा भएको दुर्घटनामा पाँचजना घाइते


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १३

धरानः झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–४ मा दुर्घटना भएको हो ।
मङ्गलबार राति भएको दुर्घटनामा दुर्घटनामा मोटरसाइकल चालक झापाको कन्काई नगरपालिका–३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरीबाट झापाको सुरुङ्गातर्फ जाँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रकले ठक्कर दिएको थियो । मङ्गलबार राति १०ः१० बजेतिर भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पुरयाउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
ठक्कर दिने ट्रक र चालक विराटनगर महानगरपालिका–४ का ४८ वर्षीय सुजन थापालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।
ट्रकका चालकले मापसे (मादक पदार्थ सेवन) गरेको खुलेको प्रहरीले जनाएको छ । मापसे गरेर चालकले तीव्र गतिमा ट्रक कुदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
यता धरानमा कारले पिकअप गाडीलाई ठक्कर दिँदा चारजना घाइते भएका छन् ।
धरान–८ स्थित भोटेपुलचोक नजिक कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र३–०१–०२४ च ५७५८ नम्बको कारले बिपरीत दिशाबाट आउँदै गरेको को२च १३१२ नम्बरको पिकअप गाडीलाई ठक्कर दिँदा कारमा सवार विराटनगर ६ बस्ने वर्ष ६३ को ओमप्रकाश अग्रवाल, सोही कारमा सवार विराटनगर–६ बस्ने वर्ष ६२ को मञ्जुदेवी अग्रवाल, वर्ष ५८ की मञ्जुदेवी अग्रवाल र चालक मोरङ भाटीगछा ५ बस्ने वर्ष २६ को वीरेन मण्डल घाइते भएका थिए । उनीहरुको विजयपुर अस्पताल धरानमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।
कार चालकले तीब्र गतिमा कुदाइएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–४ सारङगास्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को२५प १०४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित हुँदा धरान–११ बस्ने वर्ष १८ को जेनिल राई घाइते भएका छन् ।
रोडदेखि अन्दाजी ६० मिटर तल पाखामा खस्दा घाइते बनेका हुन् । उनको अवस्था सामान्य छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप