पिण्डेश्वरमा जान पूर्ण रोक


  • लक्ष्मण थापा
  • २०७८ साउन ११

धरानः दैनिक बढ्दो कोरोना संक्रमितका कारण विजयपुरस्थित पिण्डेश्वर बाबाधाम क्षेत्रमा थप कडाइ गरिएको छ ।
गत श्रावणको पहिलो हप्तामा कुनै सूचना नहुँदा स्थानीय भक्तजनहरु पिण्डेश्वर बाबाधामको मन्दिरको गेट बाहिर गएर जल चढाउन क्रम बढेपछि दोस्रो हप्ताको सोमबार भक्तजनहरुलाई बाबाधाम क्षेत्रमा जान पूर्ण रोक लगाइएको छ ।
संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इनरुवामा आइतबार बसेको डिसिसिएमसीको बैठकले धरानमा निषेधाज्ञा कडाइ गर्ने निर्णय गरेसँगै धरान उपमहानगरपालिकाले विजयपुर क्षेत्रमा कडाइ गरेको हो ।
कोरोना संक्रमित थपिदै गएपछि यस अघि नै धरानमा तरकारी पसलहरू बिहान ९ बजे सम्म र अन्य पसलहरू बिहान १० बजेदेखि साँझ ५ बजे सम्म मात्रै खोल्न पाइने प्रशासनले निर्देशन दिएको थियो ।
धरान उपमहानगरपालिकाले पिण्डेश्वर मन्दिरमा बढी भीडभाड नहोस् र कोरोनाको जोखिम नहोस् भन्ने उद्देश्यले धरान–३ को गौधारादेखि पिण्डेश्वर मन्दिरसम्मै नगर प्रहरी र जनपथ प्रहरी परिचालन समेत गरेको छ । सोमबार मन्दिरको आसपासमा रहेको फूल व्यापारीहरूको पसलहरू समेत बन्द गराइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप