वृद्ध मोटरसाइकलमाथि मृत भेटिए, धरानका युवा समातिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १०

विराटनगरः मृत अवस्थामा भेटिएका वृद्धलाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले धरान-२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । गत साउन ४ गते मोटरसाइकलमा मृत अवस्थामा एकजना वृद्ध मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानलाई अघि बढाएको थियो । त्यसक्रममा मृत अवस्थामा फेला परेका व्यक्तिलाई ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । प्रहरीका अनुसार घाइते व्यक्तिले नै ठीक छ भनेपछि आफू त्यहाँबाट हिँडेको ट्रकका चालकले बयानमा खुलाएको पाइएको छ ।
साउन ४ गते बेलुका ८ः२० बजे मोटरसाइकलमै मृत भेटिएका विराटनगर-५ का ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेको मृत्यु को१क १३३३ नम्बरको ट्रकले ठक्कर दिएर भागेको खुलेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले चलाएको ट्रकले को ४ प २३१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा न्यौपानेको मृत्यु भएको थियो । रहस्यमय जस्तो लाग्ने घटनाको सम्बन्धमा प्रहरीले लामो अनुसन्धानपछि चालक राईलाई नियन्त्रणमा लिन सफल भएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप