सुनसरीमा साउन १९ गतेसम्म निषेधाज्ञा

धरानमा ‘टाइट’, तरकारी पसलहरु बिहान ९ बजेसम्म र अन्य पसल १० देखि ५ बजेसम्म मात्रै खोल्न पाउने (निर्णयसहित)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १०

धरानः अन्ततः सुनसरीमा निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार साउन १९ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
प्रशासनले यसअघि साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । सो निषेधाज्ञाको थपिएको समयको म्याद आज १२ बजेदेखि सकिँदैछ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो ।
धरानमा संक्रमण दर बढेको र निषेधाज्ञामा कडाइ गर्नुपर्छ भन्ने जनगुनासो बढेकोले यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोखरेलले जानकारी दिए ।
उनका अनुसार धरानमा सागसब्जी तथा तरकारी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ भने अन्य पसलहरु बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।
पसल तथा व्यवसाय सञ्चालनको हकमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड (भौतिक दुरी, मास्क अनिवार्य, साबुन पानी वा स्यानिटाइजर को व्यवस्था) पूर्ण रूपले पालना गर्नुपर्ने डिसिसिएमसीको निर्णयमा उल्लेख छ ।
बैठकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने निस्किनै परे नेपाल सरकारद्वारा तोकिएको २ (दुई) मिटरको भौतिक दुरी, स्वास्थ्य मापदण्ड (साबुन पानीले हात धुने, मास्क र सेनिटाइजरको प्रयोग ) अनिवार्य रूपले पालना गर्ने । कुनैपनि स्थानमा जम्मा भई भेला, जुलुस, सम्मेलन, हाट, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायतका भिडभाड गर्न नपाइने जनाइएको छ । -शीर्षक सच्याइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप