धरान कांग्रेसमा गुटउपगुट नदेखियोस्ः कोइराला

बीपी स्मृति दिवसमा विचारगोष्ठी (६ तस्वीर)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ६

धरानः प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले धरानमा काङ्ग्रेस आफ्नै खुट्टामा उभिन सफल भएको बताएका छन् ।
उनले उपनिर्वाचनमा नगर प्रमुख पदमा जीत हासिल गरेको स्मरण गर्दै उनले आफ्नै पार्टी कार्यालयको भवन निर्माण गर्न समेत सफल भएकोमा बधाई दिए ।
उनले पार्टीको वडादेखि केन्द्रसम्मको महाधिवेशन आउँदै गरेको र १४ औं महाधिवेशनमा गुट उपगुटभन्दा माथि उठेर अघि बढ्न सुझाए । ‘गुटउपगुटभन्दा पनि मिलेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘यसो गरे मात्रै कांग्रेसको अस्तित्व अझै माथि उठ्नेछ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले यस्तै, दिउँसो धरान-२ स्थित नवनिर्मित पार्टीको भवनमा आयोजित विचार गोष्ठी कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
उनले जननायक बीपी कोइरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुरयाएको बताए ।
सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठले आजको दिन ऐतिहासिक दिन रहेको बताए । उनले धरान कांग्रेसको इतिहासमै उपनिर्वाचनमा जीत हासिल गर्न सकेको, धरान–१३ स्थित जननायक बीपीको नाममा बीपी पार्कस्थल बनाउन र अग्रज नेताद्वय बलबहादुर राई, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको बताए ।
धरानमा ३९ औं बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बुधबार बिहान धरान–१३ स्थित बीपी पार्कमा बीपीको पूर्णकदको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश १ प्रदेशसभाका सांसद चन्द्रप्रसाद श्रेष्ठ, कांग्रेस सुनसरी श्रेत्र नं. १ सभापति सुरेशमान श्रेष्ठ, धरानका मेयर समेत रहेका कांग्रेस नगर सभापति तिलक राईसहितको नेताहरुले बीपीको पूर्णकदको शालिकमा माल्यार्पण गरेका थिए ।
केन्द्रले ३९ औं विपी स्मृति दिवस मनाउन निर्देशन दिएसँगै आफ्नै नवनिर्मित पार्टी कार्यालयको भवनमा स्मृति दिवस मनाइएको मेयर राईले बताए ।
नेपाली कांग्रेसले धेरै लामो समयपछि स्थानीय तहमा निर्वाचन जितेको जसले गर्दा पार्टीलाई गर्विलो बनाएको उनको भनाई छ । उनका अनुसार कांग्रेसकी नेतृ एवं वडा नं. १८ बाट निर्वाचित वडा सदस्य दिलकुमारी राईले धरान–२ स्थित निकेतन गल्लीमा निःशुल्क पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकी हुन् ।
‘पार्टी कार्यालय भवनको औपचारिक रुपमा उद्घाटन गर्न बाँकी छ । प्रधानमन्त्री समेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवा ज्यूलाई भेटेर आग्रह गरेका छौं । उहाँको समय मिलेपछि नवनिर्मित पार्टीको भवन उद्घाटन हुन्छ । तर, अब पार्टी कार्यालय भवनको उद्घाटन हुन्छ,’ उनले भने ।
नेपाली कांग्रेस सुनसरीका पूर्व जिल्ला सचिव गिरिराज आचार्यले मेयर एवं नगर सभापति राईको अगुवाईमा पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको भन्दै प्रशंसा गरे । नेपाली कांग्रेसको १५ वर्षपछिको सपना आज पूरा भएको उनले बताए ।
उनले कोरोना महामारीको प्रभाव धरानमा पनि अत्याधिक रुपमा परेको भन्दै सचेत र सजग हुन आग्रह समेत गरे । तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप