धरानको मालपोत साउन १३ गतेसम्म बन्द


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ६

धरानः धरानको मालपोत कार्यालय सातदिनका लागि बन्द भएको छ ।
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यस्तो निर्णय भएको जनाइएको छ । साउन ७ गतेदेखि साउन १३ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको मालपोत कार्यालय धरानका अधिकृत गणेशकुमार ढकालले जानकारी दिए ।
मालपोत कार्यालय धरानका दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । ‘कम्प्युटर अपरेटर र खरिदार गरेर दुईजनामा सङ्क्रमण पुष्टि भएको छ, अन्यमा पनि सङ्क्रमण हुनसक्ने देखिएपछि यस्तो निर्णय गरिएको हो’, अधिकृत ढकालले भने, ‘अन्य कर्मचारीमा पनि लक्षण देखिन थालिसकेको छ, यसैले यस्तो निर्णयमा पुगेका हौं ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप