रोचक: आउने भो उड्ने कारपछि उड्ने बाइक


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ६

धरानः केही दिनअघि मात्र स्लोभाकियामा उड्ने कारको सफल परीक्षण गरिएकोमा अहिले उड्ने बाइकको पनि परीक्षण गरिएको छ ।
उड्ने मोटरसाइकलको नाम पी वान हो र यसलाई स्पीडर नामले पनि चिनिएको छ ।
यसले भर्टिकल उडान र अवतरण गर्न सक्छ । आकाशमा १५ हजार फीटमाथिसम्म यो उड्ने बाइक जान सक्ने बताइएको छ । उड्ने कार चाहिँ ८२ सय फीटको उचाइसम्म जान सक्छ ।
यसलाई बनाउने जेटप्याक एभिएसनका अनुसार, यसका दुई प्रकार सार्वजनिक गरिनेछ । एउटा किसिमलाई सामान्य आवागमनका लागि उपयोग गरिनेछ भने अर्कोथरीलाई सेना वा उद्धारकार्यका लागि प्रयोग गरिनेछ ।
बाइक आफैं स्थिर रहने भएकाले यसलाई उडाउन पाइलटको सामान्य तालिम लिए पुग्ने निर्माण कम्पनीको भनाइ छ ।
यस बाइकको टप स्पीड २४१ किलोमिटर प्रतिघन्टा बताइएको छ । यो १० देखि २० मिनेटसम्म आकाशमा उड्न सक्छ । सैन्य फ्लाइङ बाइक चाहिँ आधा घन्टासम्म आकाशमा रहन सक्छ ।
बाइक अहिले त जेट इन्धन, डीजेल र मट्टीतेलबाट चल्छ तर यसले वातावरण एकदमै कम क्षति पुर्‍याउने गरी प्रविधिमा काम गरिरहेको कम्पनीको भनाइ छ । -एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप