आज सार्वजनिक बिदा


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ६

धरानः सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
बकर इद मुस्लिम समुदायको दोस्रो ठूलो पर्व हो । बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसेर नमाज पढेर चौपायालाई कुर्वानी दिई मनाउँदैछन् ।
आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप