कक्षा-१२ को परीक्षा साउन ३१ गतेदेखि हुने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ५

धरानः कक्षा-१२ को परीक्षा ३१ साउनदेखि सुरु हुने भएको छ ।
मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।
केही समय अघि बसेको बोर्डको बैठकले साउन ३१ गत देखि भदौ ९ गतेसम्ममा सञ्चालन गरिसक्ने निर्णय गरेको हो । परीक्षा बोर्डले बिहान १०.४५ देखि तीन घण्टा सञ्चालन गर्ने भएको छ ।
कक्षा १२ को परीक्षा गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अनुमति दिएसँगै बोर्डले साउन ३१ गते देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डक अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए ।
माध्यमिक तहको अन्तिममा लिइने भएकाले कक्षा १२ को परीक्षो यो वर्ष सय पूर्णांककै गर्ने भएको छ । गत वर्षको मूल्यांकन पद्दति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा लिने भएको हो ।
बोर्डले गतवर्ष समय र अंकभार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा गरेको थियो । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा सकिएपछि कक्षा ११ को आंशिक परीक्षा हुने भएको छ। कक्षा-११ का नियमित परीक्षाको जिम्मा भने विद्यालयलाई नै दिइएको छ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप