भौतिकरुपमै कक्षा-१२ को परीक्षा


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ५

धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ ।
कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो ।
सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमतिअनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको बताए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) परीक्षा सञ्चालन गर्न सकारात्मक रहेको जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको बताए । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउन छिट्टै अनुमति दिने जानकारी पाएको बोर्डका अध्यक्ष पौडेलले बताए ।
बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप