धरानको बीपी प्रतिष्ठान तनावग्रस्त

उपचारमा लापवाही भएको भन्दै प्रदर्शन, ७ जना प्रहरी नियन्त्रणमा


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ५

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा तनावग्रस्त बनेको छ ।
उपचाररत ४२ वर्षीया महिलाको उपचारमा लापरवाही भएको र मृत्यु भएको भन्दै आफन्त आक्रोशित बन्दै प्रदर्शन र तोडफोड समेत गर्न थालेपछि तनावग्रस्त बनेको हो ।
मृतकका आफन्तहरुले सत्यतथ्य छानविन हुनुपर्ने माग राख्दै प्रदर्शन र नाराबाजी समेत गरेका थिए । यसैबीच प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको समेत जनाएको छ ।
‘आफन्त आक्रोशित हुँदै अस्पतालको शिशा तोडफोड गर्दै प्रदर्शन गर्न थालेपछि ७ जनालाई नियन्त्रणमा लिइएको छ’, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले भने, ‘अहिले हामी छलफलमै छौं, केहीबेरमा निष्कर्षमा पुग्छौं ।’
धरान-१७ स्थित आफ्नै घरमा बाथरुममा लडेर अस्पताल पुरयाइएकी शान्ति तामाङ घरमा रहेको बाथरुममा लडेपछि उनलाई उपचारका लागि विजयपुर हस्पिटल लगिएको छोरी सुजाता तामाङले जानकारी दिइन् । विजयपुरबाट रेफर भएकी महिलाको प्रतिष्ठान पुगेपछि कोरोना पोजेटिभ रिपोर्ट समेत आएको र उनको कोडिड अस्पतालमा उपचार भइरहेको आफन्तले बताएका छन् । तर उपचारमा लापरवाही, आफूहरुलाई समयमा जानकारी नदिएको र आइसियुमा उपचार नगरेको आफन्तको भनाइ छ ।
अस्पतालले उपचारमा चरम लापरबाही गरेको कारण मृत्यु भएको भन्दै आफन्तले छानबिन हुनुपर्ने माग गरेका छन् । उनीहरुले कोरोना रिपोर्ट सार्वजनिक गरिनुपर्ने, मृत्यु हुनुअघि बिरामीको हालत कस्तो थियो, त्यसअघि कसरी उपचार भयो भन्नेबारेको सिसीटिभीको फुटेज हेर्न पाउनुपर्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप