श्रीमतीको हत्या गरी भाग्दै आएका श्रीमान समातिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ४

बिर्तामोडः मोरङको रङ्गेली–९ सखुवाथान घर भई झापा गौरादह-१ शितलचौक बस्दै आएका ३९ वर्षीय सजीलाल रिख्यासनलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ ।
रिख्यासनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ वर्षीया संगीता टुडुलाई खेतनजिक रहेको टहरामा लगेर कुटपिट गरी हत्या गरेर उनी फरार भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
घटनाको जानकारी पाउनसाथ अनुसन्धान तथा खोजतलसामा खटिएको प्रहरी टोलीले फरार रहेका सजिलाल रिख्यासनलाई सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका रिख्यासन उपर कर्तब्य ज्यान मुद्दामा कानुनी कारवाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप