‘छटपटी’ सार्वजनिक (भिडियो)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ४

धरानः लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
इजरायलमा बसेर आफ्नो सङ्गीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा सङ्गीतकार राज लिम्बूको यस गीतमा शब्द र सङ्गीत रहेको छ ।
प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पीडालाई समेटेर तयार पारिएको यस गीतलाई दीपक राज विश्वकर्माले सङ्गीत संयोजन गरेका हुन् । गायक लिम्बू जीवनको यथार्थलाई समेटेर सिर्जना गर्न रुचाउँछन् । यसअघि गायक लिम्बूको स्वरमा ‘बुझिदेउ’, ’म पागल’, ’जलेर खरानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् ।
वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र विष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ ।
इजरायलमा छायाङ्कन गरिएको यस भिडियोलाई सन्तोष माबो (माबो क्रियसन) को छायाङ्कन, सम्पादन र निर्देशनमा तयार पारिएको हो ।
गायक लिम्बूको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत् भिडियो सार्वजनिक गरिएको हो । विदेशी भूमिमा तयार पारिएको यस भिडियोलाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । -इमेलमार्फत्

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप