तुम्लिङटारका कुमालको हत्यामा संलग्न आरोपमा राई समातिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ४

संखुवासभाः भोजपुरको साल्पासिलिचो गाउँपालिका– ४ घर भई विगत तीन वर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ वर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् ।
असार ३० गते खाँदबारी नगरपालिका–९ का ४७ वर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परेसँगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।
घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजले घटनामा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप