सुनसरीबाट बैंकिङ कसुर र ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ४

सुनसरीः बैंकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराईएको छ ।
बैकिङ कसुर मुद्दामा जिल्ला अदालत सुनसरीको २०७७–१०–२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका–८ का ३३ वर्षीय दिवसकुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको २०७७–१०–१२ गतेको फैसलाले १६ वर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ–४ काठमाण्डौका १९ वर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार सुनसरीको तरहराबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा बुझाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप