धरान मोडल कलेजका विद्यार्थीले ल्याए प्रदेश १ मै उत्कृष्ट नतिजा


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ३

धरानः धरान-१२ स्थित धरान मोडल कलेजका विद्यार्थीले प्रदेश नं. १ मै उत्कृष्ट नतिजा ल्याएका छन् ।
बिबिएस चौथो वर्षमा उनीहरुले प्रदेश नं. १ मै उत्कृष्ट नतिजा ल्याएका हुन् । तीनजना विशिष्ट श्रेणीसहित १२ जना प्रथम श्रेणी गरी ६० प्रतिशत भन्दा बढी विद्यार्थीहरु उत्तीर्ण भएको कलेजका प्राचार्य प्रविन राईले जानकारी दिए ।
कलेजका नुरज तिम्सिनाले ८१.२ प्रतिशत, सर्मिला बस्नेतले ७९.६ प्रतिशत र अरुणा मानन्धरले ७७ प्रतिशत ल्याएका छन् ।
यस्तै, निरज तिम्सिना ७१.४ प्रतिशत, अञ्जलीकुमारी गिरी ७० प्रतिशत, रविन तामाङ ७० प्रतिशत, आरती क्षत्री ६८ प्रतिशत, प्रमेश शाक्य ६७.२ प्रतिशत, शेरबहादुर कार्की ६५.६ प्रतिशत, विञ्जु पोखरेल ६४ प्रतिशत, सस्मिता थापा ६३ प्रतिशत, सुस्मिता दाहाल ६३ प्रतिशत, उमेश घिमिरे ६२ प्रतिशत, गुणराज धमला ६१ प्रतिशत ल्याएका छन् ।
२०७७ सालमा त्रिविद्वारा सञ्चालित बिबिएस चौथो वर्षको वार्षिक परीक्षामा यतिको अङ्कसहित विद्यार्थी उत्तीर्ण भएको प्राचार्य प्रविन राईले जानकारी दिए । ‘अन्य वर्ष पनि विद्यार्थीले उत्कृष्ट अङ्कसहित नै उत्तीर्ण हुने गरेका छन्’, उनले भने, ‘यस वर्ष पनि उत्कृष्ट अङ्कसहित उत्तीर्ण छन्, यो हामी सबैको मिहिनेतको परिणाम हो, सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।’

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप