मिस पूर्वाञ्चल यो वर्षपनि अनिश्चित

मोडलिङ फोटोहरु सङ्ग्रहित क्यालेन्डर सार्वजनिक


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन २

धरानः पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक वर्ष निकाल्दै आएको क्यालेन्डर ढिलोगरी सार्वजनिक गरेको छ ।
कोभिडको कारण कुनै कार्यक्रमबिना नै सार्वजनिक गरिएको मिस पूर्वाञ्चल क्यालेन्डर २०७८ मा मिस पूर्वाञ्चल २०१९ का बिजेता रिजु भट्टराई , फस्ट रनर अप एञ्जल राई र सेकेन्ड रनरअप सिम्रन लिम्बू र प्रतियोगीहरु अनुषा लिम्बू र शशी बिशङ्खेको तस्बिरहरु सङ्ग्रहित छन् ।
इमी मेकअप स्टुडियोको मेकअप र मिलाञ्ज स्टोर, ड्रेसेसरिज नेपाल, पूर्वेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बुटिकका विभिन्न पहिरनमा सजिएका र फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको मिस पूर्वाञ्चल क्यालेन्डर २०७८ मा १२ महिनामा १२ वटा मोडलिङ फोटोहरु सङ्ग्रहित छन् ।
कोभिडको महामारीले बैशाख महिनाबाट भएको निषेधाज्ञाको कारण ढिलो निकालिएको क्यालेन्डर गत वर्ष पनि कोभिडको महामारीको कारण भएको लकडाउनले गर्दा निकालिएको थिएन । यो वर्ष भने निरन्तरताको लागि भएपनि क्यालेन्डर निकालिएको आयोजकले जनाएको छ ।
२०७६ पौष ५ मा आयोजित मिस पूर्वाञ्चलको १० औं संस्करणपछि कोभिडकै कारणले गत वर्ष पनि आयोजना हुन नसकेको मिस पूर्वाञ्चल यो वर्षपनि अनिश्चित नै छ । लामो समय लगाएर गर्नुपर्ने कार्यक्रम भएकोले स्थिति सामान्य भए मात्र कार्यक्रम आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टका संयोजक सौरव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप