धरानमा मन तान्ने बनेछ ‘लुकुवा’ रिसोर्ट

तीनजना धराने युवाले लगानी गरे लगभग अढाइ करोड, जंगलको बीचमा झरनासहितको रिसोर्ट, ‘फिनिसिङ’ नहुँदै र सञ्चालनमा नआउँदै भयो भाइरल (३४ तस्वीर र भिडियो पनि)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार ३१

धरानः रिसोर्ट सञ्चालनमा ल्याउनुअघि धेरैले भने यी भाइहरु बौलाए । किनभने जङ्गलको बीच भाग, खोलाको छेऊ रिसोर्ट सञ्चालनमा ल्याइनु । रिसोर्ट सञ्चालनमा आउनुअघिसम्म पुग्ने बाटो समेत थिएन । तर पनि उनीहरुले हिम्मत हारेनन् । अहिले त्यहाँ आफ्नै लगानीमा बाटो समेत पुरयाइसकेका छन् ।
धरान–५ बगरकोटदेखि दुई किलोमिटर पूर्वमा तीनजना मिलेर धरानमा जङ्गलको बीचमा हेर्नलायक रिसोर्ट सञ्चालनमा ल्याएका छन् । ‘फिनिसिङ’ हुन बाँकी छ तर पनि धराने पुस्ता पुगिसकेका छन् । टिकटकमा भाइरल समेत बनिसकेको छ ।
धरानका अशोक लिम्बू, राजकुमार राई र सुमन चेम्जोङले सो रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । करिब अढाइ करोड लागतमा रिसोर्ट सञ्चालनमा ल्याइने उनीहरुले जानकारी दिए । अशोकबाहेक राजकुमार र सुमन विदेश पनि बसिसकेका युवा हुन् । निषेधाज्ञामा पनि यसलाई सिङ्गार्न लागिपरेको उनीहरुले बताएका छन् । ‘निषेधाज्ञामै पनि हामीले यहाँ काम गरयौं’, राजकुमार भन्छन्, ‘अहिले फिनिसिङ हुन भने बाँकी छ ।’
रिसोर्टमा आकर्षकका रुपमा छ– प्राकृतिक झरनालाई ‘मोडिफाइ’, स्वीमिङ पुल, लाइभ फिसिङ, स्टयाचु, पुरानो पाराको घर, बार्बिक्यू, ढुङ्गाले खोपिएको परी, जनावर, पंक्षीका कलाकृति, बालबालिकाका लागि मनोरञ्जनात्मक खेलका सामग्रीहरु, ओपन डिजेको सुविधा ।
‘अहिले ८० प्रतिशत काम सम्पन्न भइसकेको छ’, राजकुमार भन्छन्, ‘निषेधाज्ञापछि चाँडै सञ्चालनमा आइहाल्छ ।’
विदेशबाट फर्किएर केही नयाँ र फरक तरिकाले काम गरौं भन्ने हिसाबले आफूहरु लागिपरेको उनीहरु बताउँछन् । ‘बगरकोटमा लञ्ज एण्ड बार खोल्यौं’, सुमन भन्छन्, ‘त्यसपछि फरक कन्सेप्ट दिँदै फरक, नौलो स्वाद चखाउन यस्तो रिसोर्ट सञ्चालनमा ल्याएका हौं ।’
यस्तै, त्यहाँ जीपलाइनको कल्पना पनि गरिएको र रिसोर्ट सञ्चालनमा आइसकेपछि त्यो पनि सञ्चालनमा ल्याउने तयारी थालिएको उनीहरुले जानकारी दिए ।
विदेशमा सिकेका कुराहरु नेपालमै प्रयोग गरौं र विदेशको कमाइ पनि नेपालमै लगानी गरौं भन्ने हिसाबले आफूहरु लागिपरेको उनीहरु बताउँछन् । ‘विदेश जानु बाध्यता हो, केही सिकेर आएका कुराहरुलाई यही पोखौं’, सुमन थप्छन् । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप