जेभियर कलेजको ‘म गीत गाउँछु’ मा तरहराका गौरव राई बने बिजेता


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार ३०

धरानः राजधानीस्थित जेभियर इन्टरनेसनल कलेजले कोरोना माहामारीको समयमा घरमै बसेका विद्यार्थीहरुलाई सक्रिय बनाई गायन प्रतिभा प्रष्फुटन गराउन आयोजना गरेको ‘म गीत गाउँछु’ भर्चुअल गायन प्रतियोगिताको ग्रान्ड फिनाले बुधबार सम्पन्न भएको छ ।
प्रतियोगितामा एसइई स्टेट–१ आइडल २०७५ समेतका विजेता गौरव राई बिजेता भएका छन् । सुनसरीको तरहरा स्थित हिमशिखर बोर्डिङबाट २०७५ सालमा एसइई गरेका गौरब एफटिएल अनलाइन टिभीले आयोजना गरेको एसइई स्टेट–१ आइडल २०७५ को बिजेता बनी पूर्ण छात्रवृत्तिमा जेभियर इन्टरनेसल कलेजमा अध्ययन गर्ने अवसर पाएका थिए ।

उनी जेभियर कलेजबाट कक्षा–१२ को परीक्षाको तयारी गरिरहेका छन् । प्रतियोगीताको फष्ट रनरअप टपेन्द्र टिखातरी भएका छन् भने सेकेण्ड रनर अप निशु शर्मा भएकी छिन् । बिजेता, फष्ट र सेकेण्ड रनर अपलाई प्रमाणपत्र, मेडलका साथै एउटा गीत रेकर्डिङ र म्युजिक भिडियोको अवसर प्रदान गरिने कलेजले जनाएको छ ।
प्रतियोगीताका निर्णायकहरुमा गायक एवम् सङ्गीतकार इरोज लामा, मोडल तथा कोरियोग्राफर कृष्ण पोख्रेल र गायक एवम सङ्गीतकार दीप घतानी रहेका थिए ।
कोरोना माहामारीका बीच पनि कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत भर्चुअल माध्यमबाट भएपनि विद्यार्थीलाई प्रतिभा प्रष्फुटन गराउनुपर्छ भन्ने सोचअनुसार गायन प्रतियोगिता आयोजना गरिएको कलेजका भाइस प्रिन्सिपल दीपेन दाहालले जानकारी दिए । भर्चुअल लाइभ कार्यक्रमको सञ्चालन हर्षिका पन्तले गरेकी थिइन् ।
गत असार ३ देखि १५ गतेसम्म सञ्चालन भएको पहिलो अडिसनमा २०० जना सहभागी भएका थिए । पहिलो चरणबाट २५ जना छनोट भएका थिए । त्यस्तै, असार–१६ देखि २५ गतेसम्म भएको दोस्रो अडिसनबाट उत्कृष्ट चारजना छनोट भएका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप