लोहोरुङ राई भाषाकाे पाठ्यपुस्तक बन्यो


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार २५

धरानः लोहोरुङ राई भाषाकाे कक्षा १ को पाठ्यपुस्तक तयार भएको छ। यो पाठ्यपुस्तक लोहोरुङ राई समाजले निर्माण गरेको हो।
यो पाठ्यपुस्तक हालका लागि संखुवासभा जिल्लाका तीन वटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा पढाई हुनेछ। हालका लागि यो पाठ्यपुस्तक संखुवासभाका खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाका विद्यालयहरुमा लागू हुनेछ ।
लोहोरुङ राई समाजले स्थानीय तहहरुसँग समन्वय गरी सरकारी विद्यालयहरुमा लोहोरुङ भाषाको पाठ्यपुस्तक पढाउन लागेको हो ।
पुस्तकका लेखक दिवस लोहोरुङ राईले स्थानीय तहहरुसँग समन्वय गरेर विद्यालयहरु छनोट गरी लोहोरुङ भाषाको पढाइ सुरु गरिने बताए ।
पाठ्यपुस्तक तयार पार्नका लागि लोहोरुङ राई समाजलाई सह-प्राध्यापक डा. तारामणि राईले प्राज्ञिक सहयोग गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप