धरानमा ‘हाम्रो देश’ सार्वजनिक (भिडियोसहित)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार २३

धरानः धरानका गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मङ्गललबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीत धरानका गायकहरू एपी शेर्पा, सशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेको स्वरमा सजिएको छ ।
गीतमा सङ्गीत सुजन रसाइलीले भरेका छन् । गीतको सङ्गीत संयोजन मनोज मोतेले गरेका हुन् । गीत धरानको म्युजिक मिडिया र काठमाडौंको भोइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतकार रिकेशले बताएका छन् । रिकेशले निर्देशन गरेको म्युजिक भिडियोमा धरानका स्थानीय कलाकारहरूले अभिनय गरेका छन् । भिडियोमा गरिमा डान्स सेन्टरको कोरियोग्राफी रहेको छ । भिडियोको छायाङ्कन र सम्पादन एडम लिम्बूले गरेका हुन् ।
आदिवासी जनजातिको पहिचान एवम् समग्र सबै समुदायलाई समेटेर देशप्रति सम्मानस्वरूप गीत निर्माण गरिएको गीतकार विश्वकर्माले बताए ।
म्युजिक भिडियो धरान वडा नम्बर ११ कार्यालयको संयोजन तथा मकालु कला केन्द्रको प्रस्तुतिमा निर्माण गरिएको हो । देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो वडा न–११ का अध्यक्ष बाबुलाल लामाले सार्वजनिक गरेका हुन् ।
गीत निर्माणमा विभिन्न सङ्घ–संस्थाले सहयोग रहेको निर्माण पक्षले बताएको छ । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा दलित विकास समितिका संयोजक किशोर परियार, कार्यपालिका सदस्य कल्पना थापामगर, वडाका जनप्रतिनिधिहरू किरण राई, कृष्ण रिजाल, पत्रकार महासंघ प्रदेश १ का सचिव देवेन्द्र कार्की, समाजसेवी प्रकाश राई, सुशील सुवेदी, जितराज राई, कमला राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप