१८ वर्षपछि आए धराने वरदान

गंगा बरदानको ‘धराने हावा तोङ्बाको पानी’ सार्वजनिक


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार १६

धरानः लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत ‘धराने हावा तोङ्बाको पानी’ युट्युवमार्फत् सार्वजनिक गरेका छन् । विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा स्रोता–दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो ।
२०२५ सालमा भोजपुरको दिङ्लामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘दाइ त काले भाइ पनि काले’ गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा बरदानले २०३१ सालमा धरानमा आयोजित पूर्वाञ्चलब्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा ‘छपनीले छान छान डबकीले हान’ गीत गएर प्रथम भएका थिए भने २०३५ सालमा रेडियो नेपालमा ‘कहाँमा काट्यो बेतको लौरी’ आफ्नै शब्द, सङ्गीत र स्वरमा रेकर्ड गरेका थिए ।
२०५५ सालमा गंगा बरदान भाग–१, २०५७ मा भाग–२ र २०६० मा भाग–३ एल्वम बजारमा ल्याएका गायक बरदानले त्यसयता भने कुनै एल्वम तथा गीतहरु बजारमा ल्याएका छैनन् । अहिले आएर १८ वर्षपछि उनको नयाँ गीत रिलिज भएको छ ।
हाइकिङ बाबाको रुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजीव हलवाईको रचना तथा बरदानकै संगीत रहेको तथा सृजन नेपालको सङ्गीत संयोजन तथा मिक्सिङ रहेको सो गीतको चाँडै भिडियो समेत बनाइने भएको छ । उमेरले ६९ टेकेका र गीत–सङ्गीतमा लागेको ५० वर्ष काटेका गायक बरदान आफ्ना केही पुराना गीतहरु समेत आफ्नो स्वरमा फेरि रिरेकर्ड गर्ने योजनामा छन् ।
हाल आफ्नो श्रीमतीको साथ धरानमै बसोबास गर्ने गायक, रचनाकार तथा सङ्गीतकार गंगा बरदानका छपनीले छान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सुपाडी कुटुक्क, माया गर्ने बानी उल्टै गर्छ हानी, जीउको मासु, अरु नै तरयोजस्ता थुप्रै लोकप्रिय गीतहरु रहेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप