मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटनामा परेर मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार २

सलकपुर (मोरङ); मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा को३५प ५९७१ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैंचा–८ मा बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको स्थायी घर नवलपरासी गैंगाकोट–९ हो ।
चालकले मापसे गरेर मोटरसाइकल चलाएका थिए । मोटरसाइकल ‘अनटेष्ट’ लेखिएको लोडरमा पुगेर ठोक्किएको र चालकको उपचारका क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी सञ्जीव शर्माले जानकारी दिए ।
उनका अनुसार मंगलबार राति दुर्घटना भएको र गम्भीर बनेका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा ८ः५५ बजे मृत्यु भएको उनले जानकारी दिए । मोटरसाइकलमा पछाडि सवार मोरङको सुन्दरहरैंचा–६ गछिया बस्ने वर्ष ३० को रुपक खड्का सामान्य घाइते बनेका थिए ।
चालक मोरङङको कटहरी–७ सथिया बस्ने वर्ष ३३ को सरोज गौतम र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय विराटचोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुवै चालकको सवारी चालक अनुमतिपत्र नभएको पाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकले भने मापसे (मादक पदार्थ सेवन) गरेर सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ ।
यस्तै, दुहवी–११ स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६०११ नम्बरको टयाक्टरले सोही दिशातर्फ जाँदै गरेको को२२प १६५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भएको दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
दुहवी–५ बस्ने वर्ष ४८ की धोविपाटी देवी सरदार गम्भीर घाइते भएकी हुन् । उनी मोटरसाइकलको पछाडि सवारी थिइन् । सरदारको टाउको पछाडि भागमा गहिरो चोट लागेको छ । मोटरसाइकल चालक वर्ष ५० को जनक सरदार सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप