नयाँ अध्ययनः रक्सी पिउने, ओ ब्लड भएका र लामो सास फेर्ने व्यक्तिलाई लाखखुट्टेले बढी टोक्ने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार १

धरानः रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो ।
यसैगरी, ओ ब्लड ग्रुपका मानिस प्रति लामखुट्टे बढी आकर्षित हुने भएकाले उनीहरु समेत लामखुट्टेको नजरमा हुन्छन् । गर्भवती, लामो सास फेर्ने ब्यक्तिलाई लामखुट्टेले बढी टोक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सामान्यतया मानिसले सास फेर्दा निस्कने कार्बनडाई अक्साईडका कारण लामखुट्टेले मानिस पत्ता लगाएपनि अक्टानलले लामखुट्टेलाई बढी आकर्षित गर्छ । रगतमा रहेको नशाका कारण लामखुट्टेलाई भने असर नगर्ने अमेरिकी अनुसन्धान प्रतिवेदन जर्नल अफ मस्विटो कन्ट्रोल एसोसिएशनले उल्लेख गरेको छ ।
लाखौं वर्ष देखि मानिसको रगत चुस्न अभ्यस्त भएका कारण लामखुट्टेमा विकार पचाउने प्रणाली विकास भइसकेको अध्ययनले देखाएको छ ।मानिस वा प्रकृतिबाट खराब तत्व किरा फट्याङ्ग्राले चुसेपनि त्यसलाई विकारका रुपमा निकाल्न सक्ने क्षमताका कारण लामखुट्टेमा रक्सीले असर नगर्ने लन्डनको नेचुरल हिस्ट्री म्युजियमले उल्लेख गरेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप