ब्राउनसुगरसहित पाँचजना समातिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ ३१

विराटनगरः झापा र इलाममा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाउँपालिका ३ का २२ वर्षीय बले भन्ने प्रज्वल बानियाँलाई लागूऔषध ब्राउनसुगर ४ ग्रामसहित घरबाटै पक्राउ गरिएको हो ।
त्यस्तै, आइतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले इलाम माई नगरपालिका ४ शंकरगाउँस्थितबाट लागूऔषध ब्राउनसुगर ५ ग्रामसहित सोही स्थान ८ का २८ वर्षीय महेश थापा, ३० वर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ वर्षीय रुपेशकुमार खत्री र सोही स्थान ३ का २३ वर्षीय सुदीपकुमार दनुवारलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप