सुनसरीमा नहर र बाल्टिनको पानीमा डुबेर दुईजनाको ज्यान गयो


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ ३१

धरानः सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुब्दा दुईजनाको ज्यान गएको छ ।
आइतबार बेलुका ४ बजे इनरुवा–७ का प्रदीप दनुवारको २ वर्षीया छोरी प्रशंसा दनुवार खेल्ने क्रममा घर अगाडि रहेको नहरमा डुबेकी थिइन् । उनको विराट मेडिकल कलेज विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
त्यस्तै, आइतबार नै सुनसरीकै बराह–५ ठिकी टोलका भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारीको डुबेर मृत्यु भएको छ ।
आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर बेहोस भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आइतबार साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप