धरानमा मौन प्रदर्शन (१० तस्वीर)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ ३०

धरानः धरानमा मौन जुलुस निस्किएको छ । धरान नागरिक दबाव सञ्जालले मौन प्रदर्शन गरेको हो ।
धरान उपमहानगरपालिकाको गेटअगाडिबाट निस्किएको रयाली भानुचोकमा पुगेर टुङ्गिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्य गर, स्वास्थ्य शिक्षामा सिण्डिकेट बन्द गर, चुरे दोहन बन्द गर, बजेटको राष्ट्रघाती बुँदा नं. १९९ खारेज गर, गुण्डागर्दी बन्द गर, गुण्डाको सुरक्षा नगर, सबैलाई खोपको ग्यारेन्टी गरलगायतको कार्ड छातीमा टाँसेर उनीहरु सडकमा निस्किएका थिए ।
‘सञ्जालले यस्तो कार्यक्रम आयोजना गरेको हो’, सञ्जालका संयोजक प्रा.डा. राजेन्द्र शर्माले भने, ‘सबै प्रकारका विकृति विसङ्गति चिर्न हामी लागिपरेका छौं, मौन जुलुस प्रदर्शन, धर्ना, ज्ञापनपत्र बुझाउनेलगायतका कार्य गरेरै भएपनि विकृति, बिसङ्गति चिर्न सक्छौं भन्ने लाग्छ ।’ उनले यस्ता कार्यक्रमबाट सुनुवाई नभए थप कडा खालको आन्दोलनका कार्यक्रम पनि ल्याइने जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप