बराहक्षेत्रमा निषेधाज्ञाको समयमा हरिण मारियो

१२ केजी मासु, टाउको, सिङ फेला, ३ नाल भरुवा बन्दुकसहित दुईजना समातिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २८

चतराः बराहक्षेत्रमा हरिणको मासुसहित दुईजना पक्राउ परेका छन् ।
बराहक्षेत्र–२ चतरास्थित रेललाइनमा रहेको निरज घिमिरेको घरमा जंगली जनावर हरिण मारेर ल्याएपछि काटकुट गरिरहेको अवस्थामा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान उनीहरुले हरिण ल्याएर काट्दै गरेका थिए । इलाका प्रहरी कार्यालय प्रमुख पाण्डव राजवंशीले हरिणको मासुसहित बराहक्षेत्र–२ रेललाइन बस्ने वर्ष २५ को एसुब रानामगर र सोही स्थान बस्ने वर्ष २५ को सागर मगर लाई पक्राउ गरेको जानकारी दिए ।
सोही स्थानमा बस्ने वर्ष २५ को निरज घिमिरेको घरमा हरिण मारेर ल्याइ मासु काटेका थिए । प्रहरीले सूचना पाएलगत्तै घिमिरेको घरमा पुगेको थियो । त्यहाँ पुग्दा काटेको मासु १२ केजी, सोही घरमा लुकाई राखेको अवस्था ३ नाल भरुवा बन्दुक, अन्दाजी १०० ग्राम बारुद, एकवटा हरिणको टाउको, सिङसहित फेला पारी दुईजनालाई पक्राउ गरेको थियो ।
नियन्त्रणमा लिइएकालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीरः दीपक पुरी

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप